सरकारले तीन वर्ष भित्र सबै भूमिहिन दलितलाई आवास उपलब्ध गराउने बताएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा सो प्रतिवद्धता जनाइएको हो ।
त्यसैगरी, बजेटमा आगामी वर्ष निर्यात दोब्बर गर्ने महत्वकांक्षी लक्ष्य पनि समावेश गरिएको छ । अर्थमन्त्री शर्माले आगामी ५ वर्ष भित्र व्यापार सन्तुलन कायम गर्ने लक्ष्य पनि बजेटमा निर्धारण गरिएको बताए । उनले धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी आर्थिक वर्ष भित्र ३० प्रतिशत कम गर्ने बताए ।








