गृहपृष्ठ Featured सवारी साधनको मूल्य थप महँगियो, कुनमा कति ?

सवारी साधनको मूल्य थप महँगियो, कुनमा कति ?

सरकारको कर सम्बन्धी आर्थिक विधेयक, २०७९ ले अटो बजार थप महँगो बन्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आय व्ययसहितको कर नीति लिएको सरकारले गाडीको भन्सार शुल्कसँगै अन्तःशुल्कमा केही वृद्धि गरेको हो ।

 

आर्थिक विधेयक, २०७९ अनुसार दोस्रो वा तेस्रो मुलुकहरूबाट पैठारी (आयात) हुने सवारी साधनहरू, दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे कार, जिप भ्यानदेखि इलेक्ट्रिक (बिजुली) गाडीको समेत कर वृद्धि गरेको हो । यस्तो कर वृद्धि भन्सार शुल्कसँगै अन्तःशुल्कमा न्यूनतम ५ प्रतिशतदेखि २० प्रतिशतसम्मले वृद्धि भएको छ ।

विधेयक अनुसार दुई पाङग्रेमा मोटरसाइकल, स्कुटरको इन्जिन क्षमता (सीसी) हेरी भन्सार शुल्क र अन्तःशुल्क दुबैमा न्यूनतम १० प्रतिशतदेखि २० प्रतिशतसम्मले वृद्धि गरिएको छ भने चार पाङ्ग्रेमा पनि न्यूनतम ५ प्रतिशतदेखि २० प्रतिशतसम्मले नै कर वृद्धि गरिएको छ ।

तर यता पेट्रोलियम पदार्थको खपतलाई कम गर्दै विद्युतीय ऊर्जाको खपतलाई बढावा दिने गरी विद्युतीय (इलेक्ट्रिक) गाडीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिने बताउँदै आएको सरकारले आफ्नै नीति विपरीत विद्युतीय गाडीको समेत कर वृद्धि गरेको छ । यस्तो कर वृद्धि सरकारले विद्युतीय गाडीको भन्सार दर र अन्तःशुल्क दुबैमा वृद्धि गरेको छ ।

सम्बन्धित् समाचार