वैखरी अनलाईन : कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सम्पन्न नगर कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा कांग्रेसका ८ जना उम्मेदवार नै विजयी भएका हुन् ।
निर्वाचित हुनेहरुमा कमलेश बढई, तारादेवी सुनार, प्रभावती लोहार, कमला चौधरी, शिवानी चौधरी, बिमला देवि कुर्मी, अनिता देवि यदाव र अनिता कुमारी पासी छन् ।








