गृहपृष्ठ Featured तारा विमान दुर्घटना : २२ मध्ये २० शव आफन्तलाई बुझाइयो

तारा विमान दुर्घटना : २२ मध्ये २० शव आफन्तलाई बुझाइयो

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनामध्ये २० जनाको शव उनीहरूका आफन्तलाई बुझाइएको छ । बिहीबार काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट मृतकका परिवार र आफन्तलाई शव बुझाइएको छ । यसअघि, २२ शवको पोस्टमार्टम गरिएको थियो ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार दुई जर्मन नागरिकको शव नेपालस्थित जर्मनीको दूतावासले बुझ्नेछ ।

गएको आइतबार पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको एउटा विमान दुर्घटना भएको थियो । दुर्घटनामा त्यसमा सवार चालक दलका तीन सदस्यसहित २२ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित् समाचार