वैखरी अनलाइन
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँको यतीबेला जिल्लाभर चर्चा चलेको छ । कलामले दोस्रो कार्यकालका लागी चुनाव जितेपछि गरेको पहिलो निर्णयले उनको चर्चा भएको होे । नगरभित्रका गर्भवती महिलालाई निशुल्क एम्बुलेन्सको ब्यवस्थाले नगरबासी यतीबेला खुशी भएका छन ।
नगर प्रमुख यो निर्णय कमालको भएको नगरबासी बताउछन । यस्तै नगर प्रमुख कलामले नगरका ११ वटै वडामा बर्थिङ सञ्चालनका लागी पहल गर्नुुका साथै नगर भित्रका सबै घरहरु भुस मुक्त बनाउदै टिन युक्त बनाउने निर्णय गरेका छन ।
कलामले नगरको बिकासलाई मुलधारमा ल्याउने र अधुरा सबै योजना यो ५ बर्षभित्र पुरा गर्ने बताए । कलाम नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति समेत रहेका छन ।








