गृहपृष्ठ Featured रुपन्देही उद्योग सघंद्धारा कपिलवस्तु उद्योग बाणिज्य सघंमा भ्रमण, अनुभव साटासाट

रुपन्देही उद्योग सघंद्धारा कपिलवस्तु उद्योग बाणिज्य सघंमा भ्रमण, अनुभव साटासाट

वैखरी अनलाइन
रुपन्देही जिल्लाको रुपन्देही उद्योग सघंले आज कपिलवस्तु उद्योग बाणिज्य सघंको भ्रमण गरेको छ । रुपन्देही उद्योग सघंका अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा आएको टोलीले सघंको भ्रमण अवलोकन गर्नुका साथै कपिलवस्तु उद्योग बाणिज्य सघंको अवस्था, सघंको निति तथा कार्यक्रमका बारेमा समेत चासो राखेको छ । सो अवसरमा सघंमा आवद्ध भएपछि अनुभव समेत साटासाट गरीएको छ ।

कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले सघंको अवस्था, भावी योजनाका बारेमा आफनो धारणा राख्नु भएको थियो । साथै २ सघंबि चभोलीका दिनमा सहकार्य गर्दै अगाडी बढने पनि दुवै सघंका अध्यक्षले प्रतिबद्धता जनाएका छन ।

यो भ्रमणले रुपन्देही उद्योग सघंका पदाधिकारी, सदस्य तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका पदाधिकारीबिच यो भ्रमणले आत्मीयता बढाउदै सम्बन्ध थप प्रघाट हुने कपिलवस्तु उद्योग बाणिज्य सघंका निबर्तमान अध्यक्ष उमानाथ पौडेलले बताए ।

सम्बन्धित् समाचार