गृहपृष्ठ Featured बुद्धभुमीमा शिक्षा, पर्यटन र पुर्वाधार बिकास प्राथमिकता दिन्छौँ : मेयर श्रेष्ठ

बुद्धभुमीमा शिक्षा, पर्यटन र पुर्वाधार बिकास प्राथमिकता दिन्छौँ : मेयर श्रेष्ठ

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले पर्यटन शिक्षा र पुर्वाधार बिकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ । वैखरी मिडिया प्रा.लीको कार्यक्रम वैखरी संवादमा बोल्दै श्रेष्ठले बालबालिका र युवाहरु भविष्यका कर्णधार रहेको बताउदै उनीहरुको उज्जवल भविष्यका लागी शिक्षा क्षेत्रमा लगानी र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो ।

 

त्यस्तै श्रेष्ठले नगरभित्रका धार्मिक स्थल तथा तालतलैयालाई ब्यवस्थापन गरी पर्यटक भित्राउने उदेश्य नगरको रहेको बताउदै यस क्षेत्रमा पनि प्राथमिकताका साथ लगानी गरीएको उहाँको भनाई छ ।

साथै उहाँले नगर भित्र उत्पादित कृषी उपजलाई बजारसम्म पु¥याउन र नगरका हरेक गाउलाई राजमार्गसम्म पक्की सडकबाट जोडने नितिका साथ अगाडी बढेको बताउनु भयो ।

सम्बन्धित् समाचार