गृहपृष्ठ Featured लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सर्‍यो

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सर्‍यो

बुटवल । लुम्बिनी प्रदेश सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि तत्कालमा लागि दुई दिन पर धकेलिएको छ। दशौँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम प्रस्तुत गर्ने भनिए पनि भोलिको बैठक स्थगित भएसँगै नीति कार्यक्रममा पर धकेलिएको हो ।

लुम्बिनी प्रदेशसभा सचिवालयले विज्ञप्ति जारी गर्दै २३ गते दिनको १ बजे बस्नेगरी निर्धारित दशौँ अधिवेशनको छैटौँ बैठक विशेष कारणवश स्थगित भएको जनाएको छ।

सचिवालयका सचिव दुर्लभकुमार पुनले सभामुखको निर्देशानुसार जेठ २५ गते बुधबार १ बजे बस्नेगरी तय भएको जानकारी दिए ।

सम्बन्धित् समाचार