गृहपृष्ठ Featured मक्सुदको अलराउण्ड प्रदर्शनमा नेपाल ओमनसँग पराजित

मक्सुदको अलराउण्ड प्रदर्शनमा नेपाल ओमनसँग पराजित

काठमाडौं : ईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाली टोली ‌‌ओमनसँग पराजित भएको छ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ओमनसँग १३ रनले पराजित भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको ओमनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको थियो। खेलको पहिलो बलमै ओपनर कश्यप प्रजापतिलाई गुमाएको ओमनका लागि कप्तान जेशन मक्सुदले शतकीय पारि खेल्दै सर्वाधिक १०४ रन बनाए। त्यस्तै खावर अलिले ३० रन बनाउँदा सोएब खानले २७, सुरज कुमारले १२ तथा जतिन्दर सिंहले ११ रन बनाए।

बलिङतर्फ नेपालका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ३८ रन दिएर ३.८० को इकोनमीमा ५ विकेट लिए। त्यस्तै सन्दीप लामिछानेले २ र सोमपाल कामीले १ विकेट लिए लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल २ बल बाँकी छँदा १९८ रनमा अलआउट भयो। नेपालका लागि मोहम्मद आरिफ शेखले सर्वाधिक ६६ रन बनाउँदा देव खनालले ३४, रोहित पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले १६, बिनोद भण्डारीले १४ तथा सोमपाल कामीले १३ रन बनाए।

बलिङतर्फ ओमनका कप्तान जीसन मक्सुद र खावर अलीले समान ३ विकेट लिँदा बिलाल खानले २ तथा आयान खानले समान १ विकेट लिए।

नेपालले दोस्रो खेलमा भोली अमेरिकाको सामना गर्नेछ।

सम्बन्धित् समाचार