गृहपृष्ठ Featured बाणगंगामा कृषि उत्पादनलाई थप वृद्धि गर्न जरुरी छ : पन्थी

बाणगंगामा कृषि उत्पादनलाई थप वृद्धि गर्न जरुरी छ : पन्थी

सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगा नगरपालिकामा बीउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ । नगरको आयोजनमा भएको उक्त ३ दिने अभिमुखिकरण तालिम नगरको सभाहलमा बुधबार सम्पन्न भएको हो । उक्त कार्यक्रममा कृषि बालीहरुमा प्रयोग गरिने विषादीको बारेमा विस्तृत छलफल गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । उहाँले बाणगंगा नगरपालिका कृषिका दृष्टिकोणले धेरै सम्भावना बोकेको क्षेत्र भएको बताउनुभयो ।

बाणगंगामा कृषि उत्पादनलाई थप वृद्धि गर्न नगरपालिका कृषकलाई सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । उहाँले कृषि बाली उत्पादका लागी बाणगंगामा उर्वर भूमि भएकाले यसको सदुपयोग गर्दै अघि बढ्ने आवश्यकता रहेको बताउनुभयो ।

बाणगंगामा कृषि उत्पादनलाई थप वृद्धि गर्न जरुरी समेत उहाँले बताउनुभयो । ‘बाणगंगामा कृषि उत्पादनलाई थप वृद्धि गर्न जरुरी छ, जसमा नगरपालिकाले थप योजना बनाउँदै छ ।’ उहाँले भन्नुभयो ।

 

नगरपालिकाले कृषिलाई प्राथमिकता दिदैं विगतमा बजेट निर्माण गरेको र आगामी आर्थिक बर्षमा पनि कृषिलाई प्राथमिकता दिईने उहाँको भनाई छ । उहाँले नगरपालिकाका कृषकको सदैव साथमा रहको बताउनुभयो । उक्त ३ दिने अभिमुखिकरण तालिममा बाणगंगामा संचालित एग्रोभेटका संचालक तथा कृषकहरुको सहभागिता रहेको थियो ।

यस्तै बुधबार नै बाणगंगा नगरपालिकामा भूउपयोग नियमावली २०७९ ले तोके बमोजिम कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण सम्बन्धमा नगरपालिकाका उप–प्रमुख रीता कुमारी चौधरीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि र गैरकृषि क्षेत्र वर्गीकरण गरिए लालपुर्जामै कृषि भए कृषि र गैरकृषि भए त्यसमा आवास क्षेत्र, व्यापार क्षेत्र, व्यवसायिक क्षेत्र पर्ने रपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताउनुभयो । लालपुर्जामै कृषि लेखेकोमा घर, आवास बनाउन नपाईने समेत उहाँले दिनुभयो । उक्त कार्यक्रममा नगरका वडा अध्यक्ष तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार