गृहपृष्ठ Featured गुल्मीमा करेन्ट लागेर २३ वर्षीया युवतीको मृत्यु

गुल्मीमा करेन्ट लागेर २३ वर्षीया युवतीको मृत्यु

गुल्मी : गुल्मीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका २ ज्यामी ढुसेनी बस्ने २३ वर्षीया मन्जु बिकको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।

आफ्नै घरको बिजुलीको प्लगमा होल्डर सहितको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

सम्बन्धित् समाचार