गृहपृष्ठ Featured मुल्यवृद्धि फिर्ता लिन माग गर्दै मसाल जुलुस र पुत्ला दहन

मुल्यवृद्धि फिर्ता लिन माग गर्दै मसाल जुलुस र पुत्ला दहन

सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन जारी राखेका छन् । एमाले निकट अनेरास्ववियुले मंगलबार मसाल जुलुस र नेकपा एकीकृत समाजवादी निकटको अनेरास्ववियूले समेत विरोध प्रदर्शन गरेको हो ।

एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लिन माग गर्दै मंगलबार साँझ रत्नराज्य लक्ष्मी क्याम्पस अगाडी मसाल जुलुस प्रदर्शन गरेको छ । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जनाएको छ ।

सो संगठनले सोमवार समेत विरोध प्रदर्शन गरेको थियो ।

सम्बन्धित् समाचार