गृहपृष्ठ Featured गठबन्धनका तीन नेताको बैठक जारी, मन्त्रिपरिषद् हेरफेरबारे छलफल

गठबन्धनका तीन नेताको बैठक जारी, मन्त्रिपरिषद् हेरफेरबारे छलफल

प्रकाशित मिति:

काठमाडौं । सत्ता गठबन्धनको बैठक सकेर दलका शिर्ष नेताहरु छुट्टै छलफलमा जुटेका छन् । प्रधानमन्त्री सरकारी बालुवाटारमा कहीबेर अघि सत्ता गठबन्धन दलको बैठक सम्पन्न भएको हो । बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको थियो ।

गठबन्धन बैठक सम्पन्न गरेर बाहिर निस्किएका एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा९एकिकृत समाजवादी० अध्यक्ष माधव नेपाल छलफलमा जुटेका हुन् ।

गठबन्धनको बैठकमा एकिकृत समाजवादीले मन्त्रिपरिषद् हेरफेरको विषय उठाए पनि प्रधानमन्त्रीले पछि कुरा गरौला भनेर टारिदिएका थिए । तीन नेताहरुको बैठकमा मन्त्रिपरिषद्कै विषयमा छलफल भइरहेको हुन सक्ने ती नेताले बताए ।

“नेकपा एसले मन्त्रिपरिषद् हेरफेरको विषयमा सिरियस छलफल गर्न खोजेको थियो । तर, प्रधानमन्त्रीले पछि कुरौँ गरौँला भन्नुभयो,” ती नेताले बाह्रखरीसँग भने,“मन्त्रिपरिषद् हेरफेरको विषय अन्य पार्टीको पनि चासोको विषय भएको हुँदा प्रधानमन्त्रीजीले त्यसलाई तीन नेतामै सीमित पार्न खोजेजस्तो देखिन्छ ।”

सम्बन्धित् समाचार