गृहपृष्ठ Featured नेपालले सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धा गर्ने

नेपालले सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धा गर्ने

प्रकाशित मिति:

काठमाडौ : मलेसियामा भइरहेको एसिसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ‘ए’ र ‘बी’ का अन्तिम खेल बुधबार सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ।

समूह ‘ए’ बाट युएई विजेता बन्दै अन्तिम चारमा पुग्यो। समूहबाट मलेसिया समूह उपविजेता बन्यो। समूह ‘बी’ मा चारै खेल जितेको हङकङ विजेता र तीन खेलमा जित निकालेको नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगे।

नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग हार बेहोरेको थियो। त्यसअघि नेपालले लगातार तीन खेलमा जित निकालेको थियो। अब सेमिफाइनलमा नेपाल र युएई तथा हङकङ र मलेसियाबीच खेल हुनेछ। दुवै खेल शुक्रबार हुनेछन्। फाइनल खेल शनिबार हुनेछ।

सम्बन्धित् समाचार