गृहपृष्ठ Featured बुद्धपद्म उच्च माविमा लागु औषध विरुद्ध जनचेतना कार्यक्रम

बुद्धपद्म उच्च माविमा लागु औषध विरुद्ध जनचेतना कार्यक्रम

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको तौलिहवा स्थित बुद्धपदम उमाबिमा लागु औषध बिरुद्ध जन चेतना कार्यक्रम संपन्न गरिएको छ । कपिलवस्तु नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बुद्धपमा उमाबिको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । सो असरमा प्रहरी निरीक्षक कबिराज रोकायाले लागु औषधका बिषयमा जानकारी गराएका थिए । लागु औषधले पार्ने असर बच्ने उपाय, लागु औषधका प्रकार कानुनी प्रावधान लगायतका बिषयमा उनले चर्चा गरेका थिए ।

उनले लागु आषधमा युवाहरुको ठुलो जमात फसेकोले यस तर्फ सचेत रहन आग्रह गरे । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले लागु औषधको दुब्र्यसनबाट बच्न किशोर किशाराहरु आफै सचेत बन्नु पर्ने बताए । लहैलहैमा लागेर धेरै युवाहरु लागु औषधको जालमा फसको भन्दै यसले जीवन परिवार कै बर्वादी गरेको बताए ।

उनले आफनो पढाई , स्वास्थ्य प्रति सचेत भई समाजमा गर्न लायक ब्यक्ति बन्नु पर्ने बताए । यस्तै कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले युवाहरुले लहैलहैमा नलागेर होस पुरयएर काम गर्नु पर्ने बताए । उनले किशोर किशोराहरु भबिष्यको कर्णधार रहेकोले अहिले रचनात्मक काममा लाग्न आग्रह गरे। कार्यक्रममा नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, शिक्षक श्रीधर ज्ञवाली लगायतको सहभागीता थियो ।

सम्बन्धित् समाचार