गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुका मेयर पौडेल एक्सनमा : निर्देशन दिएको ४८ घण्टामा हटे डिभाइडर

कपिलवस्तुका मेयर पौडेल एक्सनमा : निर्देशन दिएको ४८ घण्टामा हटे डिभाइडर

कपिलवस्तु  : कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल एक्सनमा उत्रिएका छन् । दुर्घटना बढेको भन्दै मेयर पौडेलले तौलिहवाको गौढी चोकदेखि भवानी भिक्षु चोकसम्म रहेको डिभाइडर र सोलार बत्तीको पोल हटाउन निर्देशन दिएका थिए ।

निर्देशन दिएको ४८ घण्टामा नै डिभाजर हटेका छन् भने लार बत्तीको पोल हट्ने काम भईरहेको छ । मेयर पौडेलले कपिलवस्तुको जिल्ला सदरमुकाम रहेको तौलिहवालाई सुन्दर बनाउन बनाउने अभियानमा आफुहरु लागेको बताउँदै यस्ता कामलाई अघि बढाउने बताएका छन् ।

गत असार ५ गते गौढी चोकमा बाटो साँघुरो हुँदा टिप्परको ठक्करबाट भिक्षु चोकका एक जना साइकलयात्रीको मृत्यु भएको थियो। सो घटनालगत्तै स्थानीयवासी आक्रोशित बनेपछि मेयर पौडेल, प्रजिअ धर्मेन्द्र मिश्रा, प्रहरी उपरीक्षक दानबहादुर कार्की सडक पूर्वाधार कार्यालय शिवपुरका प्रमुख बिष्णु लामासहितको टोलीले सोमबार स्थलगत अनुगमन गरेको थियो।

सोही क्रममा मेयर पौडेलले बाटोको बीचमा रहेको डिभाइडर र सोलार बत्ती हटाउन निर्देशन दिएका थिए।

सम्बन्धित् समाचार