वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले निति तथा कार्यक्रम उत्कृष्ट भएको बताएका छन । नगर भित्रका सरोकारवाला सबैसगं छलफल गरी निति तथा कार्यक्रम ल्याएको बताउदै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले यसमा आधारित भई बन्ने बजेट पनि कार्यन्वयन हुनेमा बिश्वस्त रहेको बताए ।
वैखरी मिडियासगं कुराकानी गर्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले निति तथा कार्यक्रममा समावेश भएका हरेक पक्षको सुक्ष्म तवरबाट कार्यन्वयनमा आफु लाग्ने समेत बताए । बजेटलाई सहि ठाउमा सदुपयोग गर्दै लक्षित क्षेत्र र वर्गको पहुचमा पु¥याउन आफु निरन्तर समेत लाग्ने सुवेदीको भनाई छ ।
आज भएको एघारौं नगरसभाबाट आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम पारित गरेको हो । विनियोजित विध्येक, आर्थिक विध्येक, नगर दररेट विध्येक नगर उपप्रमुख मिरा थारुले प्रस्तुत गरेकी थिईन् भने निति तथा कार्यक्रम मेयर केशव कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए ।