गृहपृष्ठ Featured ५ बर्षमा वडाध्यक्ष होस् त यस्तो भन्ने गराउँछु : वडाध्यक्ष चौधरी

५ बर्षमा वडाध्यक्ष होस् त यस्तो भन्ने गराउँछु : वडाध्यक्ष चौधरी

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : जिल्लाको बुद्धभूमि नगरपालिका- ४ का वडाध्यक्ष सुसिल कुमार चौधरीले वडावासीको चाहना अनुरुप नै विकास निर्माणका कामलाई अघि बढाउने बताएका छन् । चुनावी घोषणा पत्रमा गर्ने भनिएका कामलाई आफ्नो कार्यकालमा पुरा गर्ने दाबी गर्दै उनले वडावासीको चाहना अनुरुप नै काम गर्ने बताएका हुन् ।

वैखरी अनलाईनसंग सक्षिप्त कुराकानी गर्दै उनले भने, ‘चुनावको बेला मैले वडावासी समक्ष काम गर्छु भनेर गरेका बाचाहरु पुरा गर्ने चुनौति छ, जुन चुनौतिलाई चिर्दै ती कामहरु पुरा गर्छु र ५ बर्षमा वडाध्यक्ष होस् त यस्तो भन्ने गराउँछु । ‘

वडाध्यक्ष चौधरीले आगामी आर्थिक वर्षको लागी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारीसंगै भौतिक पुर्वाधार विकासलाई प्राथमिकता दिदैं निति तथा कार्यक्रम ल्याएको बताए । नगरपालिकाकै गौरवको आयोजनाका रुपमा वडा नम्बर ४ मा रहेको बुड्ढी तालको काम भईरहेको उनले जानकारी दिए । ताललाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आफु आवश्यक काम गरि रहेको उनको भनाई छ ।

प्रतापुरमा निर्माण भईरहेको खानेपानी आयोजनाबाट वडा नं.४ र ५ का १५ हजार घरधुरी लाभान्वित हुने बुद्धभूमि खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाल अध्यक्ष रामप्रसाद चौधरीले जानकारी दिए । उक्त खानेपानी आयोजनाको यही असार मसान्तसम्म पहिलो चरणको काम सकिने उनले बताए ।

सम्बन्धित् समाचार