गृहपृष्ठ Featured कपिलवस्तुमा बस दुर्घटना हुदाँ ८ जना घाइते

कपिलवस्तुमा बस दुर्घटना हुदाँ ८ जना घाइते

कपिलवस्तु : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा नजिकै वनकट्टीमा शनिबार बिहानै बस दुर्घटना भएको छ। बिहान करिब ६ बजेको समयमा ना८ख १३६ नम्बरको बस सडक छेउमा पल्टिएको हो ।

काठमाडौंबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा ८ जना सामान्य घाइते भएका छन् ।

४३ जना सवार उक्त बस तीव्र गतिका कारण आफैं अनियन्त्रित भइ दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रोटाले जनाएको छ ।

 

सम्बन्धित् समाचार