गृहपृष्ठ कपिलवस्तु बिशेष बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक-खण्ड स्तरोन्नतिबारे बाणगंगामा सार्वजानिक सुनुवाई

बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक-खण्ड स्तरोन्नतिबारे बाणगंगामा सार्वजानिक सुनुवाई

कपिलवस्तु : बुटवल गोरुसिङगे चन्द्रौटा ५० कि.मि.सडक खण्ड स्तरोन्नति आयोजनाको प्राम्भिक वातावरणीय परीक्षण प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम बाणगंगामा सम्पन्न भएको छ । पूर्व पश्चिम राजमार्गको व्यापार पारवाहन साथै देशको सामाजिक, आथिक विकासमा वृद्धि गर्नु सडक विस्तारको मुख्य उद्धेश्य रहको छ ।

सडक खण्डलाई २ लेनबाट ४ लेनमा स्तरोन्नति गरिने छ । सो आयोजना बुटवलको तिनाउ पुलदेखि ३०० पश्चिमबाट शुरु भई ,गोरुसिंगे बजार हुँदै बलेवा गद्र्धा खोला नजिक २०० मिटर अगाडी समाप्त हुनेछ । हालमा ७–८ मिटर चौडाईको बिटुमिन सडकलाई ग्रामीण र वन क्षेत्रमा २४ मिटर, अर्ध शहरीक्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा सर्भिस लेन सहित ५० मिटर चौडाईको सडक हुने गरि निर्माण प्रस्ताव गरिएको छ ।
वातावरण विज्ञ राजन श्रेष्ठले सवाजनिक सुनुवाईमा प्रतिवेदन प्रस्तुत गर्दै आयोजनाको जानकारी,आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र, स्तरोन्नति डिजाईन, प्रभाव पर्ने जिल्ला नगर, वडा, आवस्यक निर्माण सामाग्रीको परिमाण, भौतिक वातावरण, सामाजिक आर्थिक र सास्कृतिक वातावरण, सडक क्षेत्रमा पर्ने संरचनाहरु, सकरात्मक प्रभाव र भौतिक वातावरणमा पर्ने असर , वन, जनावर लगायतको बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको समापन्न गर्र्दै कार्यक्रमका अध्यक्ष बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले राम्रो काम भएको बताउदै सुझावमा उठेका प्रश्नको कार्यन्वय हुनु पर्ने बताउनु भयो । उहाँले आयोजनाका काममा स्थानीय समस्यामा साथ सहयोग हुने बताउनु भएको थियो । सामाजिक तथा पुर्र्नवास विषेशज्ञ रविन ढकालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

सार्वजनिक सुनुवाईमा उपप्रमुख रिता कुमारी चौधरी, वडाका वडा अध्यक्षहरु, प्रशासकिय अधिकृत टेकराज पन्थी, विभिन्न संघ सस्था, राजनैतिक दलका प्रतिनिधि,बुद्धिजिवी नगरकाकर्मचारी पुलिस प्रशासनको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार