गृहपृष्ठ Featured रुपन्देहीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

रुपन्देहीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

प्रकाशित मिति:

रुपन्देही : मंगलबार विहान रुपन्देहीको सियारी गाउँपालिकामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै चट्याङ्ग लागेर जिल्लाको सियारी गाउँपालिका–२ निवासी ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार खेतमा काम गर्न गएको बेला विहान साढे ८ बजेको समयमा चट्याङ्ग लागेर बरहीको मृत्यु भएको र उनको शव पोष्टमार्टमका लागि अहिले भैरहवाको भीम अस्पतालमा ल्याइएको छ ।

सम्बन्धित् समाचार