गृहपृष्ठ Featured जसपा पनि मन्त्री फेर्ने तयारीमा

जसपा पनि मन्त्री फेर्ने तयारीमा

प्रकाशित मिति:

काठमाडौँ : जनता समाजवादी पार्टीले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको छ । आइतबार नेकपा (एस) ले मन्त्रीहरु फेरेसँगै जसपाले पनि तयारी सुरु गरेको हो । जसपाको कार्यकारिणी समितिले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको हो ।

जसपाको सोमबार साँझ बसेको कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने लगायतका निर्णय गरेको हो । अध्यक्ष उपेन्द्र यादवले पार्टीले चाहेको बेला मन्त्रीहरूलाई फिर्ता बोलाउने छलफल भइरहेको बताए ।

मन्त्री हेरफेर सामान्य कुरा भएको अध्यक्ष यादवको भनाइ छ । उनले सरकारमा सहभागीहरूलाई फिर्ता गर्नका लागि पार्टीका अन्य नेताहरूसँग पनि परामर्श भइरहेको जनानकारी दिए ।

समितिको बैठकमा डा. बाबुराम भट्टराईसहितका उनका पक्षका कोही पनि नेता सहभागी नभएको बताइएको छ ।

जसपाका अर्का एक नेताका अनुसार भने मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भइसकेको छ । ती नेताले भने, ‘अध्यक्षले अरु नेताहरूसँग परामर्श गरेपछि प्रधानमन्त्रीलाई पत्र लेख्नुहुन्छ । मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने निर्णय भइसकेको छ ।’

सम्बन्धित् समाचार