गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सरकारको बजेट पारित

लुम्बिनी प्रदेश सरकारको बजेट पारित

प्रकाशित मिति:

लुमिबनी प्रदेश सरकारको बजेट पारित भएको छ । प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०७९।०८० को बजेट बुधवारको बैठकले पारित गरेको हो ।

१ असारमा ०७९।०८० का लागि लुम्विनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट ल्याएको थियो । बजेटमा चालु खर्चतर्फ रू १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात कुल बजेटको ३१ दशमलव २६ प्रतिशत विनियोजन गरिएको थियो । त्यस्तै पुँजीगत खर्चतर्फ रू २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात कुल बजेटको ५७ दशमलव ४१ प्रतिशत रहेको छ ।

त्यस्तै वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको थियो । कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११ दशमलव ३३ प्रतिशत रहेको छ ।

बुधवारको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा बजेटका समवन्धमा उठेका प्रश्नहरुको जवाफ दिर्दै लुम्बिनी प्रदेशको विकासका लागि योजना निर्माण गरिएको र सोही अनुसार बजेट ल्याइएको बताए । यस्तै आर्थिक मामिला तथा सहकारी मन्त्री  कृष्णध्वज खड्काले प्रदेशका जनताको जीवन स्तरमा सुधार ल्याउदै विकासमा योगदान पुर्याउने गरी बजेट ल्याइएको बताए ।

सम्बन्धित् समाचार