गृहपृष्ठ Featured सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

प्रकाशित मिति:

काठमाडौं : सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले घटेर तोलाको ९७ हजार ५०० कायम भएको छ ।

अघिल्लो दिन बुधबार सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ। चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २३५ तोकिएको महासंघले जनाएको छ।

सम्बन्धित् समाचार