गृहपृष्ठ Featured वामदेव ओली भेट्न बालकोट पुगे

वामदेव ओली भेट्न बालकोट पुगे

प्रकाशित मिति:

काठमाडौैं : नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।

नेताद्वयबीच भेटवार्ता जारी रहेको नेकपा राष्ट्रिय एकता अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । पार्टीको उद्देश्य नै एकता गर्ने भएकाले सोहीअनुसार छलफल गर्न उनलाई केन्द्रीय कमिटीले म्यान्डेड दिएको पाण्डेको भनाइ छ ।

तत्कालीन नेकपा एकता गर्ने भन्दै गौतमले नयाँ पार्टी घोषणा गरेपछि उनी पहिलोपटक ओली भेट्न गएका हुन् । गौतम एमालेका पूर्वउपाध्यक्ष पनि हुन् ।

 

सम्बन्धित् समाचार