गृहपृष्ठ Featured संसद्ले ठूला र दूरदर्शी निर्णय गरेको छ : प्रधानमन्त्री देउवा

संसद्ले ठूला र दूरदर्शी निर्णय गरेको छ : प्रधानमन्त्री देउवा

प्रकाशित मिति:

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद् र त्यसअन्तर्गत रहने संसदीय समितिले दिएका सुझावहरू सरकारले प्राथमिकताका साथ ग्रहण गर्ने र कार्यान्वयन गर्ने बताएका छन् ।

६४औँ संसद् दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक व्यवस्थाको सवलीकरणमा संसद्ले ठूला र दूरदर्शी निर्णय तथा घोषणाहरू गरेको बताए । दलीय राजनीतिभन्दा माथि उठेर संसद्ले मुलुकको लोकतान्त्रिक शासन व्यवस्था र वर्तमान राज्य सञ्चालन प्रणालीलाई थप सुदृढ गर्न भूमिका खेलेको उनले उल्लेख गरे ।

“नेपालको राजनीतिक इतिहासमा संसद्ले ठूला र दूरदर्शी निर्णय तथा घोषाणहरू गरेको छ । लोकतान्त्रिक शासन व्यवस्था प्रणालीमा जनसहभागिता बढाउँदै मुलुकलाई लोकतान्त्रिक बाटोमा हिँडाउन सहयोग पुर्‍याउँदै आएको छ,” उनले भने ।

प्रधानमन्त्री देउवाले आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुद बनाउने भन्दै गएको स्थानीय तह निर्वाचनजस्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढंगबाट सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित् समाचार