गृहपृष्ठ Featured शेखर समूहको बैठक जारी

शेखर समूहको बैठक जारी

काठमाडौं : कांग्रेस नेता डा शेखर कोइरालाले डाकेको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी छ। दिउँसो ३ बजेका लागि डाकेको बैठक साँझ ५ बजेबाट शुरु भएको हो।

महामन्त्री गगन थापा ढिला आइपुग्दा बैठक दुई घण्टापछिबाट शुरु भएको हो। आफ्नो समूहको बैठकमा डा शेखर, बलबहादुर केसी, दिलेन्द्र बडु, रामकृष्ण यादव, चन्द्र भण्डारी, प्रतिमा गौतमलगायत नेताहरु ३ बजे नै आइपुगेका थिए।

शेखर समूहले बैठकमा देशको वर्तमान राजनीतिक अवस्था, देशको अर्थतन्त्र र पार्टीको आन्तरिक राजनीतिबारे छलफल गर्ने एजेन्डा तय गरेको छ। बैठकमा राजधानीमा उपलब्ध शेखर पक्षका केन्द्रीय सदस्यदेखि सांसद र नेताहरु सहभागी छन्। बैठक दुई घण्टा चल्ने नेता चन्द्र भण्डारीले जानकारी दिए।

सम्बन्धित् समाचार