गृहपृष्ठ Featured पहिलो टेस्टमा श्रीलंकामाथि अस्ट्रेलियाको १० विकेटको जित

पहिलो टेस्टमा श्रीलंकामाथि अस्ट्रेलियाको १० विकेटको जित

घरेलु टिम श्रीलंकाविरूद्धको पहिलो टेस्टमा अस्ट्रेलियाले सहज जित हात पारेको छ। तेस्रो दिनमै जित निकाल्ने क्रममा अस्ट्रेलियाले घरेलु टिमलाई १० विकेटले पराजित गर्‍यो।

दोस्रो इनिङ्ग्समा श्रीलंकाले कमजोर ब्याटिङ गरेपछि अस्ट्रेलियाले केवल ५ रनको लक्ष्य पाएको थियो। जुन लक्ष्य अस्ट्रेलियाले चार बल खेलेर पूरा गर्‍यो।

त्यसअघि श्रीलंकालाई अस्ट्रेलियाले दोस्रो इनिङ्ग्समा ११३  रनमै अलआउट भयो। श्रीलंकाका लागि सबैभन्दा बढी रन कप्तान दिमुख करूणारत्नेले २३ रन जोडे। बलिङमा अस्ट्रेलियाका नाथान लियोन त्रविस हेडले ४-४ विकेट लिए।

पहिलो इनिङ्ग्समा श्रीलंका २१२ रनमा अलआउट हुँदा अस्ट्रेलियाले ३२१ रन जोडेको थियो। ब्याटिङ श्रीलंकाका लागि निरोशन डिकवेलाले ५८ रन जोड्दा बलिङमा अस्ट्रेलियाका लियोनले ५ विकेट लिए। उनले दुई इनिङ्ग्समा गरी कुल ९ विकेट लिन सफल भए।

पहिलो इनिङ्ग्समा अस्ट्रेलियाका लागि ब्याटिङमा उस्मान खवाजाले ७१ रन र क्यामरन ग्रीनले ७७ रनको योगदान गरे। ग्रिन खेलको प्लेयर अफ दि म्याच भए। बलिङमा श्रीलंकाका रमेश मेन्डिसले ४ विकेट लिए।

सम्बन्धित् समाचार