गृहपृष्ठ Featured कपिलवस्तुको सुरहि खोलामा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुको सुरहि खोलामा डुबेर एक बालकको मृत्यु

कपिलवस्तु : कपिलवस्तुको सुरहि खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका २ बस्ने ८ वर्षीय सुसान्त रोकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले बताउनुभयो ।

मङ्गलवार९आज० साँझ पाँच बजे बहिनी र साथी सँगै गएका रोका पौडी खेल्ने क्रममा डुबेको बताइएको छ । उनकी बहिनीले स्थानीयहरूलाई दाइ डुबेको खबर गरेपछि गाउँले गएर खोजतलास गर्दा मृत अवस्था फेला परेका थिए ।

हल्लानगर नजिकै रहेको सुरहि पुल नजिकै उनी डुबेका हुन । रोकाको शवलाई पोस्टमार्टम लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस भन्दा अघि पनि सोही स्थानमा पौडी खेल्ने क्रममा डुबेर तीन जना युवाहरूको मृत्यु भएको थियो ।

सम्बन्धित् समाचार