गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगामा नमुना युवा नगरसभा अभ्यास सम्बन्धि तालिम सम्पन्न

बाणगंगामा नमुना युवा नगरसभा अभ्यास सम्बन्धि तालिम सम्पन्न

सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगामा नमुना युवा नगरसभा अभ्यास सम्बन्धि तालिम सम्पन्न भएको छ । बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र जिल्ला युवा समितिको सहकार्यमा उक्त तालिम सम्पन्न भएको हो । तालिमको औपचारिक उद्घाटन गर्दै नगर उपप्रमुख रिता कुमारी चौधरीले गर्नुभएको थियो भने समापन नगरप्रमुख चक्रपाणी अर्यालले गर्नुभएको हो । तालिमको समापनमा सहभागिले नमुना युवा नगरसभा अभ्यास गरेका थिए ।

जहाँ उनीहरुले नगरपालिका प्रमुखसहितका जनप्रनिधि समक्ष समग्र नगरसभा संचालनका प्रक्रिया, निति तथा कार्यक्रम निर्माण, बजेट निर्माण प्रक्रिया, कार्यापालिका सदस्यको अधिकार तथा भूमिका लगायतको बारेमा नमुना प्रस्तुत गरेका थिए । तालिमको समापन गर्दै नगरप्रमुख अर्यालले बाणगंगामा नमुना युवा नगरसभाको अभ्यासको थालनी हुनु आफैमा सुखद पक्ष रहेको बताउनुभयो । उहाँले स्थानीय सरकार जनताको नजिकको सरकार भएको बताउँदै त्यससंग युवाको प्रत्यक्ष संवाद हुन जरुरी रहेको बताउनुभयो ।

युवाको भूमिका देशका प्रत्येक क्षेत्रमा आवश्यक रहेको बताउँदै उहाँले स्थानीय जनप्रतिनिधिका बीच युवाका एजेण्टा प्रस्तुत गर्ने जिम्मेवारी स्वयम युवाको हुने बताउनुभयो । उहाँले बाणगंगा नगरपालिका सदैव युवाको साथमा रहेको दाबी गर्दै युवाको क्षेत्रमा धेरै काम गर्न आवश्यक रहेको पनि बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले किताबी ज्ञानले मात्र व्यक्तिको सर्वाङ्गीण विकास नहुने भन्दै बाह्य ज्ञान पनि आवश्यक रहेको बताउनुभयो । उहाँले प्राप्त ज्ञान सिपको आफ्नै क्षेत्रमा उपयोग गर्दै समाज परिवर्तनमा लाग्न आग्रह गर्नुभयो ।

अहिले प्रविधिको गलत प्रयोग भईरहेको र त्यसले समाजमा नकारात्मक प्रभाव परिरहेको भन्दै उहाँले त्यसको सही प्रयोगमा जोड दिनुभयो । तालिमको समापन कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी, वडाध्यक्षहरु, बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी., जिल्ला युवा समिति कपिलवस्तुका अध्यक्ष टुकलाल गैरे लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला युवा समिति अर्घाखाँचीका निवर्तमान अध्यक्ष लिल बहादुर वि.क.ले प्रशिक्षण दिनुभएको तालिममा बाणगंगा नगरपालिकाका ११ वटै वडाका युवाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार