गृहपृष्ठ Featured जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको अध्यक्षमा उपाध्याय र उपाध्यक्षमा चौधरी

जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको अध्यक्षमा उपाध्याय र उपाध्यक्षमा चौधरी

वैखरी अनलाइन : जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको अध्यक्षमा राजेश उपाध्याय मनोनित भएका छन । नेपाली कांग्रेसका युवा नेता समेत रहेका उपाध्यायलाई लुम्बिनि प्रदेशको शिक्षा तथा युवा खेलकुद मन्त्रालयले अध्यक्षमा मनोनित गरेको हो । उनी कपिलवस्तुको तौलीहवा निवासि हुन ।
त्यस्तै उपाध्यक्षमा बाणगंगाकी गोबिन्दी चौधरी र कोषाध्यक्षमा राकेश मणि त्रिपाठि मनोनित भएका छन । अध्यक्ष पदमा मनोनित भएपछि उपाध्यायले खेलकुदको क्षेत्रको बिकास गर्न निरन्तर लाग्ने बताए ।

साथै हरेक खेलका खेलाडीको मनोभावलाई बुझेर खेलका गतिविधि समेत बढाउने उनले बताए ।

सम्बन्धित् समाचार