पञ्चाबका मुख्यमन्त्री भगवन्त मान वैवाहिक बन्धनमा बाँधिएका छन्। आम आदमी पार्टीबाट स्पष्ट बहुमतका साथ मुख्यमन्त्री बनेका ४८ वर्षीय भगवन्तले डा. गुरप्रीत कौरसँग लगन कसेका हुन्। कौर पेसाले मेडिकल डाक्टर हुन्।
चण्डिगढमा आयोजित निजी समारोहमा उनीहरुको विवाह भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। वैवाहिक समारोहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालसमेत सहभागी थिए।
भगवन्तको यो दोस्रो विवाह हो। यसअघि उनले इन्द्रप्रीत कौरसँग विवाह बन्धमा बाँधिएका थिए। उनीहरुबीच सन् २०१५ मा सम्बन्ध विच्छेद भएको थियो।
पहिलो पत्नीबाट भगवन्तका दुई सन्तान छन्। दुई सन्तानसहित उनका पूर्वपत्नी अमेरिकामा बसोबास गर्छन्।








