काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकाका १० वडामध्ये आठ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये एमालेले पाँच तथा कांग्रेसले तीन वडामा जित निकालेको छ । एमालेले वडा नम्बर १, २, ३, ९ र १० मा तथा कांग्रेसले वडा नम्बर ४, ७ र ८ मा जित निकालेको छ ।
अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ ।
मेयर र उपमेयरमा कांग्रेसले एमालेसँगको अग्रता घटाएको छ । पछिल्लो विवरणअनुसार ७,४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३,८८१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले ३,१०१ मत ल्याएका छन् । उनीहरूबीच ७८० मतको फरक छ ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,७५३ ल्याएकी छन् । कांग्रेसकी रिता शाहले ३,१५३ मत ल्याएकी छन् । एमालेकी खड्का ६०० मतले अगाडि छन् ।
गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो । अब १,७११ मत गन्न बाँकी छ ।








