गृहपृष्ठ Featured कपिलवस्तुमा २ पुरुष मृत अवस्थामा फेला

कपिलवस्तुमा २ पुरुष मृत अवस्थामा फेला

कपिलवस्तु : कपिलवस्तुमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको बुद्धभुमि नगरपालिका २ बस्ने ४१ बर्षीय खड्क बहादुर ओली रहेको कपिलवस्तु प्रहरीले जनाएको छ । ओलीको शव गोरुसिंगे– पत्थरकोट जंगल स्थित भित्री पक्की सडक खण्डको किनारमा शनिबार दिउँसो पौने २ बजे फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको महाराजगंज नगरपालिका १० मुजाहना स्थित नेपाल भारत सिमाना नजिकैको खेतमा पनी शनिबार अर्का पुरुष मृत भेटिएका छन् ।

उनी सोही ठाउँ बस्ने बर्ष ३८ का धन्नु धोवी रहेको प्रहरीले बताए । मृत अबस्थामा भेटिएका धोबीको सम्बन्धमा बुझ्दा निजले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको प्रहरीले जनाएका छन् । शवलाई पोष्टमार्टमका लागी लगिएको र दुबै घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार