गृहपृष्ठ Featured जथाभावी पाराग्लाइडिङ उडाए लाइसेन्स खारेज

जथाभावी पाराग्लाइडिङ उडाए लाइसेन्स खारेज

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले अनधिकृत पाराग्लाइडिङ उडान नगर्न सचेत गराएको छ । प्राधिकरणअन्तर्गतको फलाइट सेफ्टी स्टान्डर्डस् विभागले सोमबार एक सूचना प्रकाशित गर्दै तोकिएभन्दा बाहेकका क्षेत्रमा अनुमतिबेगर उडान नगर्न सचेत गराएको हो ।

त्यस्तो गरेको पाइए सम्बन्धित पाराग्लाइडिङ कम्पनीको सञ्चालन प्रमाणपत्र र उडान गर्ने पाराग्लाइडिङ पाइलटको लाइसेन्स निलम्बन वा खारेजीसम्मको कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

 

सम्बन्धित् समाचार