गृहपृष्ठ Featured डेम्बेले बार्सिलोनामै रहने

डेम्बेले बार्सिलोनामै रहने

प्रकाशित मिति:

फ्रेन्च फरवार्ड ओसमान डेम्बेलेले स्पेनिस क्लब बार्सिलोनासँग सम्झौता नवीकरण गर्ने भएका छन् । सम्झौता नवीकरणका लागि डेम्बेलेले आइतबार बार्सिलोना पुगेका हुन् । सिजनको अन्त्यसँगै डेम्बेलेले क्याटलान क्लब छोड्ने चर्चा थियो ।

२५ वर्षीय फरवार्ड २०१७ मा बोरुसिया डर्टमण्डबाट स्पेनिस क्लब आएका थिए । त्यसपछि डेम्बेलेले बार्सिलोनामा धेरै खेल खेल्न सकेका छैनन् ।

तेम्बेले धेरै समय चोट बोक्दै मैदान बाहिर रहेका थिए । उनले सन् २०१७ बाट हालसम्म बार्सिलोनाका लागि १०२ खेल खेल्दै १९ गोल गरेका छन् । डेम्बेलेले फ्रान्सका लागि २७ खेलमा ४ गोल गरेका छन् । बार्सिलोनासँग उनले सन् २०२४ सम्मको सम्झौता गर्ने बताइएको छ ।

सम्बन्धित् समाचार