गृहपृष्ठ Featured प्रचण्डलाई नयाँ दिल्लीमा भाजपा विदेश विभाग प्रमुखको स्वागत

प्रचण्डलाई नयाँ दिल्लीमा भाजपा विदेश विभाग प्रमुखको स्वागत

काठमाडौं : तीन दिने भारत भ्रमणमा लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्ली पुगेका छन्। उनलाई इन्दिरा गान्धी अन्तरास्ट्रिय विमानस्थल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले स्वागत गरेका छ्न्।

उनलाई स्वागत गर्न भारतस्थित नेपाली राजदुत शंकर शर्मासहित नेपाली समुदायका प्रतिनिधिको उपस्थिति थियो।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड नयाँ दिल्ली पुगेका हुन्। राजनीतिक भ्रमणलाई प्रचण्डले सद्भावना भ्रमण बताएका छन्।

उनले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई अगाडि राखेर दुई देशबीचको सम्बन्धलाई अझ माथि कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा भ्रमण केन्द्रीत हुने बताएका छन्। उनले भारत सरकारका प्रतिनिधि र भाजपाका नेताहरुसँग भ्रमणका क्रममा छलफल हुने जानकारी दिए। साथै भारतीय प्रधानमन्त्री मोदीसँग भेटका लागि गृहकार्य भइरहेकोसमेत उनले जानकारी दिएका छन्।

सम्बन्धित् समाचार