गृहपृष्ठ Featured अर्घाखाँचीको शितगंगामा छोराले गरे आफ्नै आमाको हत्या

अर्घाखाँचीको शितगंगामा छोराले गरे आफ्नै आमाको हत्या

अर्घाखाँची : अर्घाखाँचीमा छोराले आमाको हत्या गरेका छन् । जिल्लाको शितगंगा नगरपालिका–४ का २६ वर्षिय हेमन्त कार्कीले ५२ वर्षिय आमा कमला कार्कीको हत्या गरेका हुन् ।

कार्कीले असार ६ गते घरासी विवाद हुँदा आमालाई लाठी प्रहार गर्दा नाकको बिच भागमा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा गएराति काठमाण्डौंको टिचिङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

हत्या गर्ने हेमन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको अर्घाखाँची प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार