प्रदेश भित्रका गन्तव्य आफैंले छान्न पाउने
कार्यविधि अनुसार कर्मचारीले प्रदेश भित्र मात्र घुम्न सक्ने छन् । त्यसका लागि गन्तव्य छनोट समेत आफैंले गर्न सक्ने प्रावधान बनेको छ । तर, आफ्नो स्थायी बसोबास भएको जिल्लाका गन्तव्य र हाल बहाल रहेको जिल्लामा रहेका पर्यटकीय स्थल रोज्न पाइने छैन । आन्तरिक पर्यटन काज भ्रमणमा जान चाहने कर्मचारीले एक आर्थिक वर्षमा ५ दिन अवधिको मात्र आन्तरिक पर्यटन काज बिदा पाउनेछन् ।
एक पटकमा तीन जना कर्मचारी भ्रमणमा जान सक्ने, २५ हजार खर्च
यस कार्यविधि अनुसार प्रदेश सरकारका कामकाजमा असर नपर्ने गरी एक पटकमा तीन जनासम्म कर्मचारीलाई भ्रमणमा जान अनुमति दिइने छ । आन्तरिक पर्यटन काज बिदामा जाने कर्मचारीले एक मुष्ट २५ हजार रुपैयाँ भुक्तानी पाउने छन् ।
आन्तरिक पर्यटन काज भ्रमण पूरा गरी कार्यालयमा हाजिर भएको १५ दिन भित्र काजमा जाने कर्मचारीले प्रतिवेदन पेश गर्नुपर्छ । यस्तो विवरणमा कार्यक्रमको विस्तृत विवरण र भ्रमणको क्रममा लिइएका तस्वीर पनि समावेश गर्नुपर्छ ।
कुनै कर्मचारीले आन्तरिक पर्यटन काजमा गएको झुटा विवरण पेश गरी भुक्तानी लिएको पाइएमा निजले लिएको रकमको दोब्बर रकमसम्म तलव र पारिश्रमिकबाट असुल उपर गरिने कार्यविधिमा उल्लेख छ ।
कार्यविधि अनुसार आन्तरिक पर्यटन काज स्वीकृत गराई भ्रमणमा जाने कुनै पनि कर्मचारी सरकारी कामको सिलसिलामा भ्रमणमा गएको मानिन्छ । प्राकृतिक विपत्ति, महामारी तथा संक्रमक रोगको कारण हुने लकडाउन, कर्फ्यू, निषेधाज्ञा, हिमपातका कारण भ्रमण गर्न नसक्ने अवस्था सिर्जना भएमा भने कार्यक्रम रद्द गर्न सकिने कार्यविधिमा उल्लेख छ ।