लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादीले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने तयारी गरेका हुन् ।
उनले बजेट पासपछि मन्त्री परिवर्तन गर्ने अनौपचारिक सहमति भएको भन्दै साउन दोस्रो हप्ताभित्र नयाँ मन्त्रिमण्डल गठन गर्ने पार्टी नेतृत्वले आन्तरिक तयारी गरेको दावी गरे । काँग्रेस जस्तै माओवादीभित्र पनि मुख्यमन्त्री बाहेक अन्य मन्त्रीहरू परिवर्तन गर्नेबारे छलफल भएको छ । नेकपा माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष एवं सांसद सुदर्शन बरालले नेपाली काँग्रेसले नयाँ मन्त्रीहरू नाम दिनसाथ माओवादीमा पहिलेदेखि मन्त्री हुन रुचि राख्नेहरू तयार रहेको बताए । उनले भने, ‘नेपाली काँग्रेसले नयाँ मन्त्रीको नाम दियो भने हामीलाई पनि नयाँ नाम दिन समस्या छैन साथीहरूको नाम करिब फाइनल जस्तै छ ।’
काँग्रेसभित्र पावरको लडाई
स्रोतका अनुसार लुम्बिनीमा मन्त्रिमण्डल परिवर्तनका लागि पटक पटक छलफल भएपनि प्रदेशले चाहेर मात्रै निर्णयमा पुग्न सम्भव छैन । काँग्रेसले सुरुमा आलोपालोको भद्र सहमतिअनुसार मुख्यमन्त्री परिवर्तनका लागि पार्टीभित्र छलफल गर्न काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले आग्रह गरेका थिए । ‘आधा-आधा सरकार चलाउने भद्र सहमतिमा पनि नेताहरू चुनावपछि छलफल गरौंला भने । त्यसपछि बजेट पारित भन्दै अल्मल्याई दिए । सत्ता गठबन्धनका शीर्ष नेताहरू मुख्यमन्त्री फेर्ने मुडमा देखिएका छैनन्’, उनको भनाइ छ ।








