गृहपृष्ठ Featured शिवराजका मेयर थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनित

शिवराजका मेयर थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनित

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा मनोनित भएका छन् । काठमाडौंमा हालै सम्पन्न राप्रपाको केन्द्रीय कमिटी बैठकले थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । थापा ०७९ को स्थानीय तहको चुनावमा राप्रपाबाट मेयरमा चुनाव जितेका थिए ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

नेपाली कांग्रेसमा सक्रिय थापा उक्त पार्टी छाड्दै राप्रपामा प्रवेश गरेका थिए ।

सम्बन्धित् समाचार