गृहपृष्ठ Featured कपिलवस्तुको होराइजन माविका घिमिरे एसईईमा नेपाल प्रथम

कपिलवस्तुको होराइजन माविका घिमिरे एसईईमा नेपाल प्रथम

वैखरी अनलाइन

आज सार्वजनिक भएको एस.ई.ई परिक्षा २०७८ सालको नतिजामा कपिलवस्तुको बाणगंगा सिद्धिपुरमा रहेको होराइजन अग्रेजी आवासीय माध्यमिक बिद्यालयका करुण घिमिरे नेपाल प्रथम भएका छन । उनले ४ जिपिए ल्याउदै नेपाल प्रथम भएका हुन । एस.इ.ई.को हकमा ४ जिपिए सम्पुर्ण कुल नतिजा हो । यो नतिजासगै उनको र बिद्यालयको चर्चा चलेको छ ।

कपिलवस्तु जिल्लााकै पहिलो क बर्गको बिद्यालय समेत रहेको होराइजनले उत्कृष्ट नजिता समेत ल्याएको छ । जसमा ए प्लस गे्रडमा १६ जना, ए ग्रेडमा २४ जना, बि प्लस गे्रडमा ४ जना बि गे्रडमा १ जना र सि प्लस गे्रडमा १ जना पास भएको बिद्यालयका प्रार्चाय बासुदेव घिमिरेले बताए ।

सम्बन्धित् समाचार