गृहपृष्ठ Featured कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर १४ बर्षीय बालकको मृत्यु

कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर १४ बर्षीय बालकको मृत्यु

कपिलवस्तु : कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार  बिहीबार  शिबराज नगरपालिका- ११ कन्चनियाको धोबिघाटस्थित सडवा बस्ने करन मौर्याको छोरा १४ बर्षीय आकाश मौर्याको मृत्यु भएको हो ।

खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका मौर्यालाई प्रहरी टोली, परिवार र स्थानीयले खोजतलासी गर्दै जाने क्रममा डुबेको स्थानदेखि अन्दाजी ३ किलोमिटर दक्षिण सिरिन्डिहवा गाउँ नजिकै सोही नदीको बीच भागमा बालुवा थुप्रेको ठाँउमा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार