गृहपृष्ठ Featured कांग्रेसले अर्घाखाची (ख)बाट अधिकारीलाई प्रदेशसभाको चुनावमा उठाउने सम्भावना बलियो

कांग्रेसले अर्घाखाची (ख)बाट अधिकारीलाई प्रदेशसभाको चुनावमा उठाउने सम्भावना बलियो

वैखरी अनलाइन , अर्घाखाची

अर्घाखाची जिल्लाको  १ (ख) बाट नेपाली कांग्रेसले सुर्य प्रसाद अधिकारीलाई उठाउने सम्भावना देखिएको छ ।

 

जनमत, लोकप्रियता, काम गर्ने शैलीमा नयापनका साथै कार्यकर्ता र आम नागरिकमा रुचाइएका नेताका रुपमा परिचित अधिकारीलाई नेपाली कांग्रेसले प्रदेशसभाको चुनावमा उठाउने सम्भावना बलियो देखिएको हो ।
मंसिरमा हुनसक्ने प्रदेश तथा सघंको चुनावमा उनी प्रदेश सभा सदस्यका लागी पार्टीले सिफरिस गर्ने पहिलो र बलियो उम्मेद्धवार हुन ।

अधिकारी अर्घाखाची जिल्लाको शितगंगा नगरपालिकाको नगर प्रमुखको जिम्मेवारी एक कार्यकाल पुरा गरी सकेका छन । उनको कार्यकालमा नगरमा सडक, शिक्षा, स्वास्थ्य, पुर्वाधार बिकास तथा पर्यटन बिकासका क्षेत्रमा उदारणीय काम गरेर चर्चा कमाउन सफल भएका थिए ।

एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाची जिल्लाको प्रदेश (ख) क्षेत्रबाट उनलाई उठाउन केन्द्रिय नेताहरुले समेत तयारी गरेका छन ।

सरल स्वभावका अधिकारी अर्घाखाचीमा लोकप्रिय छन । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन । नेपाली कांग्रेसको तर्फबाट ३ दशकबाट सक्रिय राजनिति र सामाजिक सेवामा सक्रिय उनी प्रदेश चुनावमा उठने चर्चापरिचर्चा सुरु हुन थालेपछि नेता तथा कार्यकता पनि खुशी देखिएका छन ।

उता गठबन्धन कायम रहेतापनि अधिकारीनै सर्वमान्य तथा स्वीकार्य नेताका रुपमा रहेको बुझिएको छ ।

सम्बन्धित् समाचार