गृहपृष्ठ Featured बाणगंगाबाट सरुवा भई बुटवल गएका प्रमुख प्रशासकीय अधिकृत पन्थीले गरे पदभार ग्रहण

बाणगंगाबाट सरुवा भई बुटवल गएका प्रमुख प्रशासकीय अधिकृत पन्थीले गरे पदभार ग्रहण

बुटवल : बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका टेकराज पन्थीले आइतबार पदभार ग्रहण गरेका छन् । यसअघि बाणगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका पन्थी नेपाल सरकारका उप-सचिव हुन् ।

पन्थी सहित ३४ जना उपसचिवको संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले सरुवा गर्दा उनले बुटवल उपमहानगरको जिम्मेवारी पाएका हुन् । बाणगंगा भन्दा अघि पन्थी सैनामैना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । त्यसअघि पन्थीले देशका ४५ वटा भन्दा धेरै पालिकामा काम गरेका छन् ।

पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत पन्थीले ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधिसहित सरोकारवाला सबैसंग सहकार्य गर्दै बुटवललाई सुशासनयुक्त, पारदर्शी र सेवाग्राहीमैत्री उपमहानगरको रुपमा पहिचान दिलाउने बताए । उनले नगरप्रमुखको निर्देशनबाहिर गएर आफुले कुनैपनि निर्णय र काम नगर्ने प्रतिबद्धता जनाए ।

नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले पन्थीलाई एक कार्यक्रमका बीच स्वागत गरेका हुन् ।

सम्बन्धित् समाचार