गृहपृष्ठ Featured इंग्ल्याण्डले जर्मनीलाई हराउँदै जित्यो महिला यूरो कप

इंग्ल्याण्डले जर्मनीलाई हराउँदै जित्यो महिला यूरो कप

प्रकाशित मिति:

महिला युरोकप २०२२ को उपाधि आयोजक इंग्ल्यान्डले जितेको छ। आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक एक गोल गरिन्। जर्मनीका लिना मागुलले एक गोल फर्काईन्।

रोमाञ्चक बनेको खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन्। तर,७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याईन्। त्यसपछि निर्धारित ९० मिनेटमा समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा इंग्ल्यान्डकी केली नायक बनिन्। केलीले खेलको ११० औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाइन्।

 

यससँगै इंग्ल्यान्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको छ।

सम्बन्धित् समाचार