गृहपृष्ठ Featured रोल्पाका स्थानीय सरकार विद्यालय समायोजन गर्न कस्सिए

रोल्पाका स्थानीय सरकार विद्यालय समायोजन गर्न कस्सिए

रोल्पा : रोल्पाका दुई स्थानीय तहले सामुदायिक विद्यालय समायोजन गर्ने भएका छन् । जिल्लाको गंगादेव गाउँपालिका र परिवर्तन गाउँपालिकाले विद्यालय एकापसमा गाभ्ने तथा तह घटाउने गरी समायोजन योजना अघि बढाएका हुन् ।

फिल्ड अनुगमन पश्चात समायोजनको काम अघि बढाउने भन्दै गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले गाउँपालिकामा सबै विद्यालय अनुगमन गरिसकेका छन् । ‘विद्यालयको यथार्थ अवस्था पत्ता लगाउन आफैं स्थलगत अनुगमन गरें,’ अध्यक्ष पुनमगरले भने, ‘अब विद्यार्थी र शिक्षकको संख्या तथा वडाको आवश्यकताका आधारमा विद्यालयको तह र शिक्षकको दरवन्दी कायम हुन्छ ।’ विद्यार्थी संख्या कम रहेका विद्यालयहरु तह घटाउने गरी समायोजन गर्ने अध्यक्ष पुनको भनाइ छ ।

कक्षा ३ सम्म चलेका केही विद्यालयलाई बालविकासमा, कक्षा ५ चलेका विद्यालयलाई कक्षा ३ मा र कक्षा ८ चलेका विद्यालयलाई कक्षा ५ मा कायम गर्ने गरी तह घटाउने योजना रहेको उनले बताए ।

सम्बन्धित् समाचार