वैखरी अनलाइन, बुद्धभुमी
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको गौरवको आयोजना बुड्डी तालमा डुंगा संचालन गरिएको छ । लुम्बिनी प्रदेशको पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालयको सहयोगमा नगरपालिकाको वडा नम्बर ४ बुढ्ढी तालमा डुंगा संचालन गरिएको हो ।
पर्यटन ग्रामीण तथा शहरी विकास राज्य मन्त्री रिना नेपाल र मेयर केशव कुमार श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर डुंगामा सयर गरी उदघाटन गरिएको थियो । मन्त्रालयले बुढ्ढी तालको पर्यटकीय विकासकालागि कुल २६ लाख ९६ हजार लगानी गरेको मन्त्रालयका ईन्जीनीयर रोशन प्रसाद ताम्राकारले बताए ।
त्यस मध्ये ८ लाख लागतको २ वटा मोटरले चल्ने र २ वटा पाईडिलले चल्ने गरी कुल ४ वटा डुंगा संचालन गरिएको हो । सो अवसरमा राज्य मन्त्री नेपालले ताल सहित बुद्धभुमी नगरपालिकाको पर्यटकीय विकासका लागि यो महत्वपुर्ण काम भएको बताईन ।
उनले प्रदेश सरकारले चालु आर्थिक बर्षकालागि समेत बुढ्ढी तालको विकासकालागि ६० लाख बजेट बिनियोजन गरेको बताईन । बुड्डी तालसहित नगरपालिकाको पर्यटकीय विकासका लागि प्रदेशले लगानी बढाउदै जानछ’ उनले भनिन । उनले तालको पर्यटकीय विकासकालागि सबैले हातेमालो गर्नु पर्ने बताईन ।
सो अवसरमा मेयर श्रेष्ठले बुड्डी ताललाई नगरले गौरवको आयोजनामा राखेर कार्य अघि बढाएको बताए । उनले तालको डिपिआर तयार गरी एक अर्व भन्दा बढी लगानी गर्ने योजना रहेको बताए । उनले श्रोत ब्यवस्थापनका लागि संघीय र प्रदेश सरकारमा यस बारे जानकारी गरी आवश्यक बजेट माग गरिएको बताए । सो अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति प्रसाद पाण्डेयले ८० बिघामा फैलिएको चार वटा पोखरी भएको बुड्डी तालमा डुंगा संचालनपछि यसमा आकषर्ण झन बढेको बताए ।
उनले ताललाई अझ ब्यस्थित र रमणीय बनाउनु पर्ने बताए । निबर्तमान वडाध्यक्ष पवन कुमार चौधरीले तालको विकासमा स्थानीय लागी परेको बताए । उनले तालको विकासकालागि नगर, प्रदेश र संघीय सरकारले आवश्यक रकम उपलब्ध गराउनु पर्ने बताए । तालको समग्र विकास र आयआर्जनकालागि नगरपालिकाले बुढ्ढी गाउबासी कै जिम्मामा तालको ब्यवस्थापन गर्न दिएको छ ।
तालमा स्थानीयबासीले माछापालन, कुखुरा हास पालन र खसी बोकाहरुको समते पालेर आयआर्जन गरीरहेको छन । तालमा बोटिङ स्टेशन, आरसिसि ढलान समेत गरी आवश्यक रकम खर्च भएको डिभिजन कार्यालयका लेखा अधिकृत बिनोद कुमार पौडेलले बताए ।
उदघाटन कार्यक्रममा कांग्रेस प्रदेश सदस्य प्रेमलता भट्ट, पत्रकार महासंघका जिल्ला सभापति किरणमान बज्राचार्य संघका कोषाध्यक्ष मोहन बेल्बासे, युवा नेता रोमलाल खनाल लगायतको सहभागीता थियो ।