गृहपृष्ठ Featured दाङको देउखुरीमा करेन्ट लागेर एक दम्पतीको ज्यान गयो

दाङको देउखुरीमा करेन्ट लागेर एक दम्पतीको ज्यान गयो

प्रकाशित मिति:

दाङ : दाङको देउखुरीमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ । सोमवार बेलुकी देउखुरीको राप्ती गाउँपालिका २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उहाँकी २५ वर्षीया श्रीमती हिमाको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

घरभित्र भाउजुले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फालेपछि के भएको हो भनी देउरानी हिमाले बिजुलीको तार छुँदा करेन्ट लागेको थियो ।

त्यसपछि करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् वासुले काँचो लठ्ठीले तारलाई हिर्काउँदा तार चुडिएर आफ्नै शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको ज्यान गएको राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार