गृहपृष्ठ Featured नागपञ्चमीको अवसरमा कपिलवस्तुका चार स्थानीय तहद्धारा सार्वजनिक विदा

नागपञ्चमीको अवसरमा कपिलवस्तुका चार स्थानीय तहद्धारा सार्वजनिक विदा

प्रकाशित मिति:

वैखरी अनलाइन, कपिलवस्तु

नाग पञ्चमीको अवसर पारेर कपिलवस्तुका चार स्थानीय तहले सार्वजनिक विदा दिएका छन् ।

जिल्लाकामा रहेका मायादेवी, महाराजगञ्ज , कृष्णनगर र शुद्धोधन पालिकाले आज सार्वजनिक विदा दिएका हुन् ।

हिन्दुधर्मालम्वीको महत्वपूर्ण चाड रहकाले आज विदा दिएको यी पालिकाले सूचना जारी गरि जानकारी दिएका छन् ।

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ ।

घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।

सम्बन्धित् समाचार